हुलास स्टिल इन्डष्ट्रिजले सिमरास्थित क्वारेन्टाइनलाई दियो ४० वेड


२६ चैत्र २०७६, बुधबार
hulash still

काठमाडौं, २६ चैत । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको रोकथामका लागि नेपाल सरकारले सिमरामा स्थापना गरेको अस्थायी क्वारेन्टाइनका लागि गोल्छा संगठन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले ४० वटा वेड सहयोग स्वरुप प्रदान गरेको छ ।

कोरोनाभाइरसको जोखिमले बढिरहेको परिप्रेक्षमा हुलास स्टिलले सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारी अभियानलाई मद्दत गर्न ती वेडहरु हस्तान्तरण गरेको हो ।

सिमरास्थित क्वारेन्टाइनमा विदेशबाट आएका नेपालीलाई बाह्य सम्पर्क हुन नदिन १४ दिनसम्म राखिन्छ ।bed

साथै, हुलास स्टिलले स्थानीयलाई खाद्यान्न र दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्रीहरु पनि सहयोग गर्दै आएको छ । हामी सबै नेपालीलाई सरकारले लागू गरेको लकडाउनको पालना गरी घरभित्रै रहन अपिल समेत गर्छौं ।

 हुलास स्टिलले आफ्नो स्रोत साधन मार्फत मुलुकलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७