कोरोना संक्रमित ८ जनाको कन्ट्याक्ट ट्रेसिङ, नयाँ संक्रमित भेटिएनन्

उपत्यकाभित्र १,९६५ र उपत्यका बाहिर ४०१ जनाको कोरोना भाइरस परीक्षण


२६ चैत्र २०७६, बुधबार
bikash devkota

काठमाडौं, २६ चैत । कोरोना (कोभिड १९) भाइरसबाट संक्रमित भई विभिन्न अस्पतालमा उपचाररत आठ जनाको कन्ट्याक्ट ट्रेसिङ पूरा भएको छ ।

स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा कोरोना संक्रमित आठ जनाकै कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिएका छन् ।

‘धनगढीमा दुई, बागलुङमा दुई र टेकु अस्पतालमा रहेका दुई गरी आठ संक्रमित केसहरुको डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको छ’, प्रवक्ता देवकोटाले सुनाए ।

दुई हजार ३६६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन्
नेपालमा हालसम्म दुई हजार ३६६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् ।

देवकोटाका अनुसार हालसम्म काठमाडौं उपत्याकाभित्र एक हजार ९६५ जनाको र उपत्यका बाहिर ४०१ जनाको कोरोना भाइरस परीक्षण भएको छ । उपत्यका र उपत्यका बाहिर गरी दुई हजार ३६६ जनाको परीक्षण भएको हो । मन्त्रालयले नमुना परीक्षणको कामलाई विस्तार गरेको पनि देवकोटाले बताएका छन् ।

नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भइसकेका छन् । अस्पतालमा उपचाररत आठ जनाको अवस्था पनि सामान्य रहेको डा. देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७