मेगा बैंकले प्रदेश नम्बर ५ लाई पनि दियो ५ लाख सहयोग


२६ चैत्र २०७६, बुधबार
megaBank help

काठमाडौं, २६ । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि पछिल्लो पटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन्।

यससँगै बैंकले नेपालका ७ वटै प्रदेशलाई ५-५ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।


मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५-५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७