घरमै बसेर एनआईसी एशिया वर्ल्ड रेमिटबाट ५० भन्दा बढी देशमा रेमिट्यान्स पठाउन सकिने


२६ चैत्र २०७६, बुधबार
Remiitance

काठमाडौं, २६ चैत । अब घरमै बसेर विश्वका ५० भन्दा बढी देशहरूबाट रेमिट्यान्स पठाउन सकिने भएको छ । एनएनआईसी एशिया बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरी उक्त व्यवस्था मिलाएको हो ।

यससँगै वर्ल्ड रेमिट र अर्बिट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने छन् ।


विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटससँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । जसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् ।

यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन् । यसले गर्दा विदेशमा रहेका नेपालीहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट वर्ल्ड रेमिट र अर्बिट रेमिटस मार्फत घरमै बसी एनआईसी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछ ।

वर्ल्ड रेमिटबाट कसरी पठाउने रकम ?
१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले वर्ल्ड रेमिटबाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नेछन् ।
३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहकहरूले थप जानकारी लिन सक्नेछन् ।
४. वर्ल्ड रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नेछन् भने त्यसको लागि 3FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
५. वर्ल्ड रेमिट बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नेछन् ।

अर्बिट रेमिटबाट कसरी पठाउने रकम ?

१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नेछन्।
२. रकम पठाउदा कुनै समस्या भएमा अर्बिट रेमिटको रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सकिने छ ।
३. अर्बिट रेमिटबाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सिक्नेछन् । निशुल्क रकम पठाउनको लागि पठाउदाFREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।
४. अर्बिट रेमिटबाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७