अब नेपाल आयल निगमले भरी ग्यासको सिलिण्डर बजार पठाइने


२६ चैत्र २०७६, बुधबार
gass n nepal oli nigam

काठमाडौं, चैत २६ । नेपाल आयल निगमले बिहीबारबाट भरी सिलिण्डर अर्थात १४। २ केजीको परिमाणमा ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको छ।

उद्योगीले ग्यास खपत कम भएर बुलेटमै थन्किन थालेको गुनासो गरेपछि आयल निगमले पुरा सिलिण्डर ग्यास भर्न निर्देशन दिएको हो।

साथै निगमले यसअघि बजारमा पठाएको आधा सिलिन्डरको ग्यास बिक्रीपछि मात्रै भरी सिलिण्डरको ग्यास बजारमा पठाउन भनेको छ। भरी सिलिण्डर र आधा सिलिण्डरको ग्यास एकै ठाउँबाट बिक्री गरेमा कारबाही हुने निगमले जनाएको छ।

विश्वव्यापी रूपमा कारोना भाइरसको संक्रमणसँगै उपभोक्ताले घरमा ग्यास मौज्दात गर्न थालेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको थियो। यसलाई मध्यनजर गदै नेपाल आयल निगमले चैत १३ गतेबाट बजारमा ७।१ केजीको आधा सिलिण्डर ग्यास पठाउन निर्देशन दिएको थियो। अहिले बजारमा ग्यास सहज भएको उद्यागी व्यवसायीहरू बताउँछन्।

gasvari

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७