बहराइनमा थप १० जना नेपालीमा कोरोना, संक्रमितको संख्या २२ पुग्यो


प्रकाशित मिति : April 9, 2020

काठमाडौं, २७ चैत । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बहराइनको मनामास्थित नेपाली दूतावासले बुधबार एक बिज्ञप्ति जारी गरी थप १० जना नेपालीलाई कोरोना संक्रमण देखिएको जानकारी गराएको छ ।

योसँगै बहराइनमा संक्रमित नेपालीको संख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्