बेलायतमा कोरोनाबाट भूपू गोरखा सैनिकको मृत्यु

कोरोना भाइरसबाट बच्न सिकाउने चेतप्रसाद आफै बचेनन्


२७ चैत्र २०७६, बिहीबार
london

लण्डन, २७ चैत । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गए राति लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे ।उनले कोरोना संक्रमणबारे नेपाली समुदायलाई सचेत गराउँदै आएका थिए । तर, कोरोना संक्रमणबाट जोगिन नेपालीहरुलाई समेत गराउँदै आएका गुरुङ भने कोरोना भाइरसबाट बच्न सकेनन् । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७