अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु


२७ चैत्र २०७६, बिहीबार
temba sherpa

काठमाडौं, २७ चैत । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अमेरिकामा थप एक नेपालीको ज्यान गएको छ ।

सोलुखुम्बुको सोताङकाे  दिम्बल घर भई १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले जनाएको छ ।

उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् । शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७