ट्रम्पलाई डब्ल्यूएचओ प्रमुखको उत्तर, ‘कोरोना राजनीतिलाई क्वारन्टीनमा राख्नुहोस्’


२७ चैत्र २०७६, बिहीबार
who director general scaled

अमेरिका, २७ चैत :  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का डा. टेड्रोस एड्हानोम गेहब्रेयससले मानव समाज नै संकटमा परिरहेको बेला कोभिड–१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि डब्ल्यूएचओ प्रमुखले भनेका छन्, ‘कोरोना राजनीतिलाई क्वारन्टीनमा राख्नुहोस् ।’

ट्रम्पले डब्लुएचओ चीनकेन्द्रित भएको आरोप लगाउँदै राष्ट्रसंघलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएपछि डब्लुएचओ प्रमुखले रङ्गको आधारमा कसैलाई विभेद नगरेको बताए । उनले भने, ‘हामी सबै देशको नजिक छौँ र रङ्गको आधारमा कसैलाई विभेद गरेका छैनौँ ।’

डब्ल्यूएचओ प्रमुखले सबैभन्दा शत्तिशाली देशले राजनीति होइन विश्वलाई बाटो देखाउनुपर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘सबैभन्दा शक्तिशालीले अगाडिको बाटो देखाउने हो र कृपया अहिले कोभिड-१९ राजनीतिलाई क्वारन्टीनमा राखौँ ।’

अमेरिकाले डब्ल्यूएचओको समग्र बजेटमा १५ प्रतिसत योगदान दिनेगरेको छ । राष्ट्रपति ट्रम्पले यही योगदान रोक्ने पटक पटक चेतावनी दिदै आएको छ ।

राष्ट्रपति ट्रम्पले बुधबार पनि आफ्नो ट्वीटरमार्फत् आक्रोश पोखेका थिए । उनले स्वास्थ्य संगठनले अमेरिकालाई नराम्रो सल्लाह दिएको आरोपमा लगाएका थिए । उनले स्वास्थ्य संगठन चीनमा अत्यन्त केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाह जारी गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७