साउदीको कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए


२७ चैत्र २०७६, बिहीबार
saudi

काठमाडौँ, २७ चैत । साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपालीलाई निको भएर नियमित काममा फर्किएका छन् ।

रियादस्थित नेपाली दूतावासका अनुसार सफल स्वास्थ्य उपचारपछि नियमित काममा फर्किएको बताएको छ । उनीहरु बुधबार क्याम्पमा फर्केका थिए ।


निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ ।
एकजनाको अवस्था भने सुधारोन्मुख छ । नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।


दूतावासका अनुसार साउदीमा बुधबार थप १३७ जनालाई पोजेटिभ देखिएको छ । साउदीमा संक्रमितको संख्या २९ सय ३२ पुगेको छ । हालसम्म ६३१ जनालाई निको भएको छ ।


साउदीले कोरोना नियन्त्रणको प्रयासमा सबैको सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमितको संख्या घट्ने उल्लेख गर्दै कोरोनाको नियन्त्रणमा सबै पक्ष जिम्मेवार रहन अनुरोध गरेको छ ।


दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७