१३ वर्ष देखि ‘बाइसेक्सुअल’ सनी लियोनी पोर्नदेखि बलिउडसम्मको यात्रा 


२ माघ २०७४, मंगलवार
sanni liyani

एजेन्सी: पछिल्लो समय पोर्नस्टार मिया माल्कोभाको निकै चर्चा बढेको छ । सनी लियोनीपछि बलिउड भित्रिने दोस्रो पोर्नस्टार भएका कारण उनको चर्चा बढेको हो । सनी लियोनीले २०१२ मा पूजा भट्टको फिल्म जिस्म २ बाट बलिउडमा कदम राखेकी थिइन् । बलिउडमा आउने उनको बाटो बिगबोस ५ मा सहभागी भएपछि खुलेको हो । बिगबोसको एक भागमा फिल्मका निर्देशक महेश भट्ट शोमा आएका थिए त्यतिबेलै उनले सनीलाई फिल्मका लागि साइन गरेका थिए ।sanni liyani

सनीको जन्म १९८१ मा सर्निया ओटारियो क्यानडामा भएको थियो । उनी ११ वर्षकी हुँदा परिवारसहित अमेरिका आएकी हुन् । सनीका पिता इन्जिनियर थिए र आमा गृहिणी थिइन् । उनका एक दाजु पनि छन् जसको नाम सन्दिप सिंह बोहरा हो । सन्दिप अमेरिकामा कुकको काम गर्छन् । सनीको जीवनमा आधारित डकुमेन्ट्री ‘मोस्टली सनी’मा उनी १३ वर्षको उमेरदेखि ‘बाइसेक्सुअल’ भएको उल्लेख गरिएको छ । यौनजन्य रुपमा पुरुष र महिला दुवै लिंगप्रति आकर्षित हुनेलाई बाइसेक्सुअल भनिन्छ । सनीकै एक अन्तरवार्ताको हवाला दिँदै यो कुरा फिल्ममा राखिएको छ ।

सनीले एक अन्तरवार्तामा आफूले १६ वर्षको उमेरमा कुमारित्व गुमाएको बताएकी थिइन् । ती किशोर उनको हाइस्कुलमा बास्केटबल खेल्ने र उमेर आफूजत्तिकै भएको सनीले खुलासा गरेकी थिइन् । उनले आफूले गरेको कुनै पनि कमको पछुतो नभएको समेत बताएकी थिइन् । सनीले भनेकी थिइन् ‘म राम्रो जिन्दगी बाँचिरहेकी छु । मेरो साथमा राम्रो परिवार छ साथी छन् । सबैसँग म खुसी छु ।

सनीले १९ वर्षको उमेरमा पोर्न उद्योगमा प्रवेश गरेकी हुन् । उनले सुरुमा एक समलिंगी ९लेस्बियन० फिल्ममा काम गरेकी थिइन् । सनीले पोर्न क्षेत्रमा आउने फैसला आफ्नो खुसीले गरेकी थिइन् । तर, जब यसबारे उनले आफ्ना अभिभावकलाई बताइन् उनीहरु निकै निराश भएका थिए । एक अन्तरवार्तामा सनीले भनेकी छिन् ‘मैले अभिभावकको अनुमतिबिना पोर्न क्षेत्रमा प्रवेश गरें । मेरो लागि यो व्यवसाय थियो । मैले पेंटहाउस ९पोर्न क्षेत्रको चर्चित म्यागजिन० को कभर अफ द इयर र १ लाख रुपैयाँ जितेपछि अभिभावकलाई यसबारे जानकारी दिएकी थिएँ । सुरुमा उहाँहरु रिसाउनुभयो । पछि मैले जीवनमा के गर्ने निर्णय गरिसकेकी छु भनेपछि उहाँहरुले मान्नुभयो ।’

पोर्नमा आउनुभन्दा पहिले सनीले सुरुमा एक जर्मन बेकरीमा काम गरिन् । त्यसपछि ट्याक्स र रिटायरमेन्ट फर्ममा काम गरिन् । सनीले करिअरको सुरुवात मोडलको रुपमा गरेकी थिइन् । २००३ मा विविड इन्टरटेनमेन्टसँग ३ वर्षको सम्झौता गरेपछि सनीले हार्डकोर पोर्नमा प्रवेश गरेकी हुन् । सनीले ४१ पोर्न फिल्ममा हिरोइनको रुपमा र २५ पोर्न फिल्ममा निर्देशकको रुपमा काम गरेकी छिन् । सनीलाई २००५ मा मोहित सुरीले फिल्म कलियुगको लागि सम्पर्क गरेका थिए । त्यतिबेला सनीले फिल्मको लागि १ मिलियन डलर मागिन् जो निर्देशक सुरीले दिन सकेनन् । यही कारण सनी २००५ मा बलिउड आउन सम्भव भएन ।

सनी लियोनी भारतीय मूलकी पहिलो पोर्नस्टार हुन् जसले पछि मूलधारमा प्रवेश गरेर बलिउडमा पनि राम्रो स्थान बनाइन् । उनीभन्दा अघि कसैले पनि यस्तो गर्न सकेका छैनन् । उनको पहिलो बलिउड फिल्म जिस्म २ फ्लप भयो । तर, फिल्म फ्लप भए पनि सनी भने निकै हिट भइन् र यहीँबाट उनको करिअर चम्किन थाल्यो । उनले ज्याकपट, रागिनी एमएमएस २, एक पहेली लीला, कुछ कुछ लोचा है, मस्तीजादे, वन नाइट स्ट्याण्डजस्ता फिल्ममा काम गरेकी छिन् । २०१७ मा उनको पछिल्लो फिल्म तेरा इन्तजार रिलिज भयो । उनले टिभी शो स्प्लिट्सभिलाको सातौं र आठौं सिजन होस्ट गरेकी छिन् ।

सनी लियोनी कुनै बेला प्लेब्वाय म्यागजिनका भाइस प्रेसिडेण्ट म्याट एरिक्सनसँग सम्बन्धमा थिइन् । २००८ मा उनीहरुको ब्रेकअप भयो । २००८ देखि २०११ रम्म उनी चर्चित कमेडियन रसेल पिटर्ससँग सम्बनधमा रहिन् । त्यसपछि उनले पोर्न फिल्ममा आफ्ना पार्टनर डेनियर बेबरसँग बिहे गरिन् । २०११ मा सनी बिगबोसमा हुँदा उनका पूर्वप्रेमीले उनलाई नबताइ उनका पोर्न भिडियो भाइरल गराइदिएको चर्चा छ । २००८ मा सनीकी आमा र २०१० मा उनका पिताको क्यान्सरका कारण मृत्यु भयो । २०११ मा सनीले डेनियरसँग बिहे गरिन् । द डिस्प्यारोज ब्याण्डका लिड गिटारिस्ट डेनियर सनीका म्यानेजर पनि हुन् । डेनियलका मातापिता न्यूयोर्कमा बस्छन् । सनी बेलाबेला विदाको समयमा त्यहाँ जाने गर्छिन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७