नवराज सिलवाल एमालेमा प्रवेश गर्दै


१९ आश्विन २०७४, बिहीबार
Nawaraj Silwal

काठमाडौं  : नेपाल प्रहरीका चर्चित डिआइजी नवराज सिलवाल राजनीतिमा आउने भएका छन् । उनले राजनीतिक यात्राको लागि नेकपा (एमाले) रोजेका छन् । सिलवाल नेकपा (एमाले) जिल्ला कमिटि काठमाडौंले असोज २० मा गर्ने विशेष कार्यक्रममा एमाले प्रवेश गर्नेछन् । एमालेका केन्द्रीय सदस्य सानु श्रेष्ठले सिलवाल प्रवेश गर्ने पुष्टी गरे । उनले भने, ‘उहाँ लगायत केही महत्वपूर्ण नेताहरु प्रवेश गर्ने कार्यक्रम छ ।’

सिलवाल बुधबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीको आयोजनामा प्रयाग पोखरीमा आयोजित बडादशैं, दीपावली, नेपाल संवत, छठ तथा ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा पनि पुगेका थिए । सिलवालले दशैंमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेर दशैंको टिका समेत लगाएका थिए ।

 

Nawaraj Silwal

आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएपछि उनले प्रहरी सेवा छोडेका थिए । बरियतामा आफू एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालत गएका थिए । तर, प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुली नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरीदिएपछि उनले प्रहरी सेवा छोडेको घोषणा गरेका थिए ।

Nawaraj Silwal Copy

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७