राष्ट्रिय वाणिज्य बैंकको सिइओमा किरणकुमार श्रेष्ठलाई निरन्तरता


२७ चैत्र २०७६, बिहीबार
kiran kumar shrestha

काठमाडौं, चैत २७ । राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।

वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्‍याउने निर्णय गरेको हो। श्रेष्ठले सीईओ भएर ४ वर्षको कार्यकाल सकाएका थिए। उनलाई पुनः ४ वर्षका लागि नियुक्ती दिइएको वाणिज्य बैंकले जनाएको छ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठले निरन्तरता पाएका छन्। श्रेष्ठले ४ वर्षको कार्यकाल सम्हाल्ने बेला १६० शाखा रहेको राष्ट्रिय वाणिज्य बैंकको अहिले २३९ पुगेको छ। उनले बैंक सम्हाल्दा कर्जा ८४ अर्ब रहेकोमा अहिले १६० अर्ब नाघेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७