यती समूहद्वारा कोरोना रोकथाम कोषमा १ करोड सहयोग


२७ चैत्र २०७६, बिहीबार
Yeti Team Nepal

काठमाडौं, २७ चैत  :  व्यावसायिक यती समूहले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग रकम जम्मा गरेको छ। यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण, रोकथाम, निदान तथा नियन्त्रणका लागि स्थापना गरिएको कोषमा एक करोडको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल लगायत विश्व नै ठप्प बनेको यस घडीमा महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरेको यती समूहले बताएको छ।

सहयोग रकमपछि यती समूहले जारी गरेको विज्ञप्तिमा, ‘नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु एक राष्ट्रिय व्यवसायिक समूह यती समूहले आफ्नो कर्तव्य ठानेको उल्लेख गरिएको छ।

यती समूहले लकडाउनका कारण व्यवसाय ठप्प भएको, अर्थतन्त्र ओरालो लागेको अवस्थामा पनि व्यवसायभन्दा पनि देश र जनताको पक्षमा उभिएको जानकारी गराउँदै यस्तो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। महामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा आफ्नो सहयोग फलदायी हुने यती समूहले विश्वास लिएको उल्लेख गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७