२०७६ चैत २८ गते शुक्रबारको तपाईको राशिफल


२८ चैत्र २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । स्वास्थ्य सबल रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन हाँसखेल र खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुची बढ्ने छ । खुशीको खबर सुन्न पाउनु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७