ऐतिहासिक रूखको संरक्षण गर्न ‘स्मृति पार्क निर्माण’ र सल्लाहकार समिति गठन


२ माघ २०७४, मंगलवार
Kirat rai student union 3

खोटाङ : जननायक राम प्रसाद राईले खोटाङमा रोपेको समिको रुख संरक्षण गर्न निर्माण ‘जननायक राम प्रसाद राई स्मृति पार्क’ निर्माण समिति गठन गरेको छ । जननायक राईले खोटाङ जिल्लामा रोपेको जीर्ण बन्दै गएको समिको रुख संरक्षणका लागि बसेको किरात राई विद्यार्थी सङ्घको केन्द्रीय सचिवालय बैठकले सङ्घको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सुशीला राईको अध्यक्षतामा नौ सदस्यीय जननायक राम प्रसाद राई स्मृति पार्क निर्माण समिति गठन गरेको हो ।Kirat rai student union 3

समितिमा संयोजक सुशीला राई,  केन्द्रीय सचिवालय सदस्यद्धय दिपेन राई र पुर्णशेर राई केन्द्रीय सदस्य सपना राई, दीपक राई, अनिल राई, र हिमाल राई रहेको छन् । दिपेन राई र सपना राई खोटाङ जिल्लाका जनप्रतिनिधि समेत हुन् ।

यस्तै सघंले स्मृति पार्क निर्माणका लागी खोटाङको प्रतिनिधिसभाका सदस्य विशाल भट्टराई, प्रदेश सभा सदस्य राम कुमार राई, रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष तारा देवी राई, किराया खोटाङका अध्यक्ष अन्जना राई, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, वडा– ७ का अध्यक्ष शिव प्रसाद फुयाँल, वडा नं ५ अध्यक्ष किरण राई रहेको  सल्लाहकार समिति गठन गरेको छ ।Kirat rai student union 2

यसैगरी समितिमा किराया पूर्व सचिव इन्द्र नार्थुङगे, खोटेहाङको वडा नं. ६ अध्यक्ष देवेन्द्र राई, अध्यक्ष वडा नं. ३का राज कुमार राई, वडा नं. ९ का गोपी चन्द्र राई, वडा नं. ४का कृतन राई, वडा नं. ८ चन्द्र बहादुर थापा र खडक बहादुर कार्की रहेका छन् ।

रुख भएको स्थानमा जननायक रामप्रसाद राईको सम्मान र सम्झनामा राम प्रसाद राई स्मृति पार्क निर्माण गरी पार्कको ढाँचा अनुसार समीको रुखको वरिपरि पर्खाल बनाइने सघंको केन्द्रीय अध्यक्ष विर्सिका राईले जानकारी दिइन् । उनले रुखको वरिपरि माटो झरी सकेको, खोटाङबजारको टुँडिखेलको डिलमा रहेको जुन ढल्न लागेका अवस्थामा रहेकोले वरिपरिबाट पर्खाल लगाउन लागिएको बताइन् । पार्क भित्र प्रतिक्षालय, दृश्यावालोकन स्थान र राईको सालिक समेत निर्माण गरिन्ने भएको छ ।

सघंले प्रथम किराती राजा यलम्बर हाङले सुरुवात गरेको योले संवत्को अवसरसँगै खोटाङ बजारमा किराया प्रा.क.स खोटेहाङ गाउँपालिकासँग मिलेर शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेकाे थियाे। भने पार्क संरक्षण गर्नका लागि ऐतिहासिक केन्द्रीय सचिवालयको बैठक उक्त स्थानमा बसेको हुन् । पार्क निर्माण र  विरूवाकाे सरंक्षण अगुवार्इ गरिरहेकाे संघ पार्ककाे संरक्षक रहेनेछ ।

२००७ सालको प्रजातन्त्र स्थापनार्थ पूर्वी पहाडमा सङ्घर्षरत मुक्तिसेनाका कमान्डर तथा सिंहदरबार विद्रोहका नायक रहेको राईले खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिको वडा नं. ७को खोटाङ बजारमा सिम रुख बिरुवा रोपेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७