संक्रमण रोकथाम गर्न पर्याप्त रकम, ‘कुन शीर्षकबाट खर्च गर्ने भन्ने दुविधा


२८ चैत्र २०७६, शुक्रबार
korona 2

काठमाडौं, २८ चैत । विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा सिर्जना भएको छ ।

खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन् । दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले स्थानीय तहको विपत व्यवस्थापन कोषमा राखिएको रकम सकिएकाले ‘अब कसरी खर्च गर्ने ?’ भन्ने अन्योल सिर्जना भएको बताउँछन् ।

‘कल्पनै नगरेको महामारी आयो, यसमा केन्द्र र प्रदेश सरकारले पनि सहयोगका साथै खर्च गर्ने कानुनी बाटो खोल्नुपर्छ,’ बस्नेतले भने, ‘यस विषयमा नगरपालिकामा छलफल गर्ने तयारीमा छौं ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई, समानीकरण, आन्तरिक आय, राजश्व बाँडफाँड शीर्षकबाट खर्च गर्न मिल्ने बाटो खोलिदिएको जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७