कस्तो छ कोरोना संक्रमित आठ जनाको अवस्था ?


२८ चैत्र २०७६, शुक्रबार
Seti Hospital

काठमाडौं, २८ चैत । कोरोना भाइरसबाट संक्रमित आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

नेपालमा हालसम्म नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना निको भइसकेका छन् ।

संक्रमितमध्ये चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिमका पहिलो संक्रमित दुबईबाट फर्केका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवक दुई सातादेखि उक्त अस्पतालमा उपचाररत छन् ।

उनकै ३४ वर्षीया भाउजू, कैलालीको लम्की चुहा नगरपालिका ९ का २१ वर्षीय युवक र कञ्चनपुरकोवेदकोट नगरपालिका १० का ४१ वर्षीय पुरुषकोपनि चैत २२ देखि सोहीस् अस्पतालमा उपचार भइरहेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको औषधि अहिलेसम्म पत्ता लागेको छैन । तर पनि छिमेकी मुलुक भारत,संक्रमण धेरै फैलिएको अमेरिकालगायतले कोरोना संक्रमित बिरामीलाई विभिन्न औषधि प्रयोग गरिरहेका छन् । नेपालमा भने कोरोना संक्रमण देखिएका बिरामीलाई कुनै औषधी प्रयोग गर्ने भन्ने गाइड लाइन अझैसम्म बनेको छैन ।

‘कोरोना (कोभिड–१९) को औषधि पत्ता लागेको छैन तर पनि विभिन्न अनुसन्धानले केही औषधिको प्रयोगले मृत्युदर घटाएको देखाएका छन्,’ सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष विभाग प्रमुख तथा संक्रमितको उपचारमा संलग्न चिकित्सक जगदीश जोशीले भने,‘हामीले पनि संक्रमितको उपचारमा उपयोगी औषधिप्रयोग गर्नेछौं ।’अवस्था जटिल बने मलेरिया रबाथरोगमा उपयोगी औषधी प्रयोग गरिने उनको भनाइ छ ।

सेती अस्पतालमा उपचाररत चारजनाकै अवस्था सामान्य भएकाले अहिले भने कुनै औषधि प्रयोग नगरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

‘अस्पतालमा भर्ना भएका चारजनाकै अवस्था सामान्य भएकाले अहिले कुनै उपचार चाहिँदैन’, संक्रमितको उपचारको नेतृत्व गरिरहेका चिकित्सक शेरबहादुर कमरले भने,‘व्यवस्थित भयो भने घरमै गएर बस भन्न सकिने अवस्था हो, अरुलाई सार्छन् कि भनेर अस्पतालमै आइसोलेसनमा राखिएको हो ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७