कोरोना महामारीको कथामा बन्यो चलचित्र, प्रदर्शनको तयारी


२८ चैत्र २०७६, शुक्रबार
749e5110d73a05c787230a100ed4ed7d w1000 h500 cp

काठमाडौं, २८ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबारे चलचित्र निर्माण भएको छ ।

क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) चलचित्र निर्माण गरेका हुन् । गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन् ।

लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि शुरु भएको संघर्षको कथा छ । कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७