१०१ वर्षीय वृद्धले जिते कोरोना भाइरसलाई, बने भाइरल


२८ चैत्र २०७६, शुक्रबार
eaf8fdafd9a3890d2745898087a1689f w1000 h500 cp

काठमाडौं, २८ चैत । वृद्ध उमेरका मानिस कोरोना भाइरसको बढी जोखिम रहेको विज्ञहरुले बताइरहेका बेला बेलायतका एक १०१ वर्षीय वृद्धले कोरोना भाइरसलाई जितेका छन् ।

बेलायतको वोरसेस्टरसायरका १०१ वर्षका किथ वाट्सन आफूलाई कोरोना संक्रमण भए पनि निको हुन सफल भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

तर अस्पतालबाट उनी निको भएर घर फर्किएका छन् । अहिले किथको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । स्वास्थ्यको ख्याल गर्ने र उच्च मनोबल लिने हो भने कोरोनालाई पराजित गर्न उमेरको कुनै अर्थ नहुने सन्देश ती वृद्ध स्वस्थ बनेर सावित गरेका छन् ।

suddo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७