ईयूले पाँच खर्ब यूरोकाे आर्थिक उद्धार प्याकेज ल्याउँदै


२८ चैत्र २०७६, शुक्रबार
eu flags
A picture taken on October 16, 2019 shows the European Union flags floating in the air in front of the European Commission building in Brussels. (Photo by Kenzo TRIBOUILLARD / AFP) (Photo by KENZO TRIBOUILLARD/AFP via Getty Images)

काठमाडौं, २७ चैत । युरोपियन युनियनका अर्थमन्त्रीहरु कोरोना भाइरस महामारीबाट अत्याधिक प्रभावित युरोपेली राष्ट्रहरुलाई ५०० बिलियन युरोको उद्धार प्याकेज उपलब्ध गराउन सहमत भएका छन्।

युरो ग्रुपका अध्यक्ष मारियो सेन्टोनोले ब्रसेल्समा भएको लगातारको छलफल पछि उक्त सम्झौता घोषणा गरेका हुन्।  बीबीसीकाअनुसार पछिल्लो समय यो महामारीको कारण समग्र यूरोप प्रभावित भएको अवस्थामा यो प्याकेजमा ईयूका मुलुकहरु बीच यस्तो सहमति जुटेको हो ।

ब्रसेल्स बैठकमा युरोपियन युनियनका मन्त्रीहरू फ्रान्स र इटालीले कोरोना बोन्ड जारी गरेर संकट समाधान गर्नुपर्ने मागमा भने सहमत भएनन्। सहमती भएको प्याकेज युरोपियन सेन्ट्रल बैंकले आग्रह गरेको भन्दा सानो हो। बैंकले १.३ ट्रिलियन युरोको प्याकेज ल्याउनुपर्ने सुझाब दिएको थियो।

यद्यपि यूरोपको सबैभन्दा प्रभावित मुलुक स्पेनले महामारी अब नियन्त्रणतर्फ अघि बढेको बताएको छ । बिहीबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रमुख क्रिस्टालिना जोर्जिएभाले यस वर्ष विश्व अर्थतन्त्रमा एक शताब्दीयताकै ठूलो गिरावट आउन सक्ने चेतावनी दिएकी थिइन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७