क्रिकेट खेल्न नेतादेखि कलाकारसम्म मैदान उत्रदै


२ माघ २०७४, मंगलवार
cricket

काठमाण्डौं : कुनै समय टीट्वेन्टी विश्वकप समेत खेलिसकेको नेपाली क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाटै निलम्बित अवस्थामा घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) नै निलम्बनमा परेपछि खेलाडीको प्रदर्शनदेखि लिएर समग्र खेलकुद विकासमै त्यसको प्रत्यक्ष असर पर्नु स्वाभाविक हो ।cricket

नेपालका लागि नतिजामुखी खेलका रूपमा देखिएको क्रिकेट पछिल्लो समय समस्यामा परेपछि खेलाडी र समर्थकसम्म निरास बन्दै गएका छन् । यस्तै विषम परिस्थितिबीच क्रिकेट खेलप्रतिको उत्साह पुनः जगाउने र नयाँ पुस्तालाई समेत यो खेलप्रति आकर्षित गराउने उद्देश्यले विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरू आगामी शुक्रबार मैदान उत्र्दै छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले माघ ५ र ६ गते राजधानीमा पहिला ेपटक आयोजना गर्न लागेको ‘ग्रान्ड क्रिकेट कार्निभल’को पहिलो दिन विभिन्न क्षेत्रका व्यक्तित्वलाई समावेश गरेर प्रदर्शनी खेल हुन लागेको हो । प्रदर्शनी खेलमा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै राजनीतिक दलका नेता, प्रतिनिधिसभा र प्रदेशसभाका नव निर्वाचित सदस्यसँगै कलाकारहरू पनि ब्याट र बल बोकेर मैदानमा ओर्लने जानकारी एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले दिएका छन् । प्रदर्शनी खेलमा नेकपा एमालेबाट ईश्वर पोखरेल, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, पूर्वयुवा तथा खेलकुदमन्त्री सत्यनारायण यादव र नवीना लामाले सहभागिता जनाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसबाट सशांक कोइराला, वर्तमान युवा तथा खेलकुदमन्त्री राजन केसी, विश्वप्रकाश शर्मा र रामहरि खतिवडा क्रिकेट खेल्न मैदानमा ओर्लने छन् । यसैगरी माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्की, अमनलाल मोदी र हिमाल शर्माले प्रदर्शनी खेल खेल्नेछन्। प्रदर्शनी खेलका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका विराज विष्ट र फोरमका हरिनारायण रौनियार पनि मैदानमा ओर्लने अध्यक्ष श्रेष्ठले बताए । यसैगरी कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, दीपकराज गिरी, दीपा निरौला, दिनेश डीसी, आशीष शाह, निर्मल शर्मा, निश्चल बस्नेत र श्वेता खड्काले पनि प्रदर्शनी खेलमा सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७