अब नेपाल लाइफको बीमा शुल्क कनेक्ट-आईपीएसमार्फत भुक्तानी गर्न सकिने


२९ चैत्र २०७६, शनिबार
nepal life

काठमाडौं, २९ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाई भुक्तानी गर्न सकिने छ ।


कनेक्ट आईपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नाे बीमा शुल्क भुक्तानी गर्न सकिने छ । कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नाे प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाई भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट अनलाई भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटलहरु ई सेवातथा प्रभुु पे बाट अनलाईभुक्तानी भइरहेको छ । त्यस्तै फोन पे मार्फत आफ्नाे बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेण्ट बैंकको इन्टरनेट बैंकमार्फत अनलाई भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७