गोर्खाज फाइनान्सको आज १७ शाखा खुल्दै


३० चैत्र २०७६, आईतवार
gorkhas finance logo

काठमाडौं, ३० चैत । गोर्खाज फाइनान्सले आज(आइतबार) १७ वटा शाखा खोलेर बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रूपमा बढदो महामारी सरकारले  जोखिमसँगै लकडाउन गरिरहेकाे अवस्थामा बैंक आज १७ शाखा खाेलेर सेवा दिने बैंकका सूचना अधिकृत शम्भु राईले जानकारी दिए ।

फाइनान्सको उपत्यका बाहिरकाे रवि शाखा, दमक शाखा, इटहरी शाखा, धरान शाखा, छप्राडी शाखा, नारायणघाट शाखा, पाेखरा शाखा, बनेपा शाखा, लखन चाेक, बीरगञ्ज शाखा, नेपाल गञ्ज, सुर्खेत शाखा र चाैमाला शाखा खुल्ने भएकाे छ ।

यसैगरी उपत्यका भित्र मुख्य शाखा कार्यलयसहित ललितपुर र भक्तपुर शाखा खुल्नेछ।

फाइनान्सले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सकिनेछ ।

काेराेनाकाे जाेखिमसँगै सरकारले चैत ११ गतेदेखि बैशाख ३ गतेसम्म लकडाउन गरेकाे छ । काेराेना संक्रमणकाे कारण विश्वमा मृत्यु हुनेकाे संख्य एक लाख नाघिसकेकाे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७