एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, सकियो कर विवाद


३० चैत्र २०७६, आईतवार
ncl scaled

काठमाडौं,३० चैत । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप एनसेलले १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।

यसअघि एनसेलले पुस १५ गते ४ अर्ब ५० करोड, चैत १८ गते ४ अर्ब ६० करोड र आज १४ अर्ब ३३ करोड गरी २३ अर्ब ४३ करोड कर तिरेको हो । यो सँगै यसको सम्पूर्ण पूँजीगत लागकर चुक्ता भएको छ ।
युरोपको टेलिया कम्पनीले चार वर्ष अघि चैत २९ गते एनसेलमा भएको आफ्नो ८० प्रतिशत स्वामित्व मलेसियाको टेलिकम कम्पनी एक्जियटालाई बिक्री गरेको थियो ।

ncell BZF8skhO93

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७