बीरगञ्जमा तीन भारतीय नागरिकमा देखियो कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय {भिडियो}


३० चैत्र २०७६, आईतवार
bikash devkota1

काठमाडौं, ३० चैत । पर्साकाे वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण देखिएकाे  छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देवकोटाले पर्सामा भेटिएका कोरोना संक्रमितले संसर्गमा गरेका व्यक्ति तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको बताए ।

कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ । यी तीनैजना भारतीय नागरिक हुन् । उनीहरुले आफूहरु चार महिनाअघि नेपाल प्रवेश गरेको दावी गरेका छन् भने स्थानीयले १० दिन पहिले मस्जिदमा आएको बताएका छन् ।

अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ भने एकदिनमा नै ७ सय ९५ जना जनाको परीक्षण गरिएको छ । त्यस्तै विभिन्न जिल्लामा अहिलेसम्म र्यापिड किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर ७० जना गरेर ८५ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार १५ हजार ७० जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७