थ्रेसरमा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको निधन


२ बैशाख २०७७, मंगलवार
Death Body

कञ्चनपुर, २ बैसाख । फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँका चन्दको ट्याक्टरले गहुँ थे्रसिङ गर्ने क्रममा पट्टामा बेरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

मतृक चन्दको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याइएको छ । भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७