सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल पात्रो सार्वजनिक


३ बैशाख २०७७, बुधबार
Sangrila development bank

काठमाडौं, ३ बैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित डिजिटल पात्रो सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकले पात्रो सार्वजनिक गरे । भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ ।

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको छ । बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम, सेवा दिइरहेको छ ।

डिजिटल पात्रो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७