साग पदक विजेताले पाए नगद पुरस्कार, कसले कति पाए ?


४ बैशाख २०७७, बिहीबार
karate scaled

काठमाडौं, ४ काठमाडौ। नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ ।

 

जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रुपैयाँ पठाइएको हो । त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो । gold medalist scaled

राखेपका राष्ट्रिय टिम तयारी समितिका प्रमुख महेन्द्रकुमार राईले एभरेष्ट बैंकमा खाता हुनेको रकम बुधबारै र अन्य खेलाडीको खातामा बिहिबार रकम जम्मा हुने जानकारी दिए । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको विवरण बमोजिम ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख रकम कोष तथा लेखा नियन्त्रक कार्यलय (कोलेनिका) मार्फत खेलाडीको बैंक खातामा पठाइएको विज्ञप्तिमार्फत नै जानकारी दिएको छ ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो । १३ औं सागको उपलब्धी नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धी हो ।

कसले कति पाए ?

१३ औं सागमा व्यक्तिगत इभेन्टतर्फ स्वर्ण जित्नेले ९ लाख पाउनेछन् भने रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख रुपैयाँ पाउनेछन् । यस्तै टिम इभेन्टतर्फ स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख पाउनेछन् ।

१३ औं सागमा सर्वाधिक ४ स्वर्णसहित ९ पदक जितेकी पौडीकी गौरिका सिंहले सर्वाधिक रकम पाउने भएकी छन् । ४ स्वर्ण २ रजत र ३ कास्य जितेकी पौडीकी गौरिका सिंहले ६२ लाख पाउनेछिन् ।

यस्तै २-२ स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २२-२२ लाख रुपैयाँ पाउनेछन् । तीनै जनाले व्यक्तिगत र टिम इभेन्टमा एक-एक स्वर्ण जितेका थिए ।

व्यक्तिगत स्वर्ण जित्नेले ९ लाख र टिम इभेन्टमा स्वर्ण जित्नेले ६ लाख रुपैयाँ पाउने नियम अनुसार तीन जनाले १५ लाख पाउनुपर्ने हो । तर प्रधानमन्त्रीले नै पुरस्कार घोषणा गर्दा एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पाउने घोषणा गरेकाे थियाे । सागका  २ स्वर्ण पदक बिजेता मण्डेकाजी २२ लाख नै आफ्नो खातामा आएको जानकारी दिए ।

१३ औं सागमा यू २३ पुरुष फुटबलले स्वर्ण र महिला फुटबलले रजत जितेको थियो । दुवै टोलीमा २०-२० जना सदस्य छन् । पुरुष टिमले कूल १ करोड २० लाख र महिला टिमले ८० लाख पाएकाे छ । 

प्रधानमन्त्री सागमा स्वर्ण जित्ने प्रशिक्षकले पनि नगद ५ लाख पुरस्कार पाउने घोषणा गरेका थिए । पुरस्कारसम्बन्धी संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जित्ने खेलको मुख्य प्रशिक्षकले ५ लाख, रजत जित्ने खेलको प्रशिक्षकले ३ र कास्य जित्ने खेलको प्रशिक्षकले २ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै सहायक प्रशिक्षकमा स्वर्ण जित्नेकोले ३ लाख, रजत जित्नेकोले २ लाख र कास्य जित्नेकोले एक लाख रुपैयाँ पाउनेछन् ।

महिला खेलाडीले देशको शिर उच्च बनाएको साग

मागेको पोसाकले सिकेको कराते, जसले चुम्यो स्वर्ण पदक

नेपाल कराँतेमा १० स्वर्णसहित टिम च्याम्पियन, सबै इभेन्टमा पदक (फोटोफिचर )

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७