भक्तपुरमा व्यवसायीको हत्या, ३ जना पक्राउ


३ माघ २०७४, बुधबार
Hatya

काठमाण्डौं : भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा बुधबार विहान एक जना व्यवसायीको हत्या भएको छ । माटो व्यवसायमा संलग्न ५५ वर्षीय सीताराम सैंजुको हत्या भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सैजुको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।Hatya

सैंजुको शव बिहान करीब ५ बजे भक्तपुर–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सैजुको ढुङ्गाले हानेर हत्या गरेको खुलेको छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । मदिरा खाएपछि भएको विवादको कारण हत्या गरिएको हुन सक्ने प्रहरीको भनाइ छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७