अनिल शाहीलाई ‘मेरो मनले’ बनायो गायक


३ माघ २०७४, बुधबार
anil shahi

काठमाडौं : गितारको तालमा काललाई पनि जित्ने शिल्पीको रुपमा चिनिएका संगीतकार अनिल शाही गायकका रुपमा स्रोत दर्शकबीच आइपुगेका छन् । उनी नबोदित गायिका प्रतिभा शाहीसँगै गायक गएर आएका छन् ।anil shahi
उनलाई ‘मेरो मनले’ बोलको नयाँ म्युजिक भिडियोमा गायकसँगै मोडलका रुपमा पनि देख्न सकिन्छ । शाही कुशल संगीतकार र गीतार बादक हुन् भन्ने सबैलाई थाहा छ, तर अब उनी गायकका रुपमा पनि आएका छन् ।

मेरो मनले तिम्रो प्रित चो¥यो भने मलाई माफ गरिदिनू..बोलको गीतले संगीताकार शाही सुमधूर स्वरका गायक पनि हुन् भन्ने पुष्टि गरिदिएको छ । नविन श्रेष्ठको गीतमा संगीत अनिल स्वयंको छ ।

गायिका प्रतिभा शाहको पहिलो प्रस्तुती हो ‘मेरो मनले’ । बेलायतको म्यानचेस्टरमा बस्ने प्रतिभा पेशाले नर्स हुन् । नर्सिङ अभ्यासकै क्रममा डेढ दशकअघि बेलायत पुगेकी प्रतिभा शास्त्रीय संगीतमा पोख्त छिन् । तर उनको पहिलो प्रस्तुति भने आधुनिक सुगम संगीतमार्फत दर्शक स्रोतमाझ आएको छ ।

प्रतिभा शाहले निर्माण गरेको यो म्युजिक भिडियोको निर्देशन अनिल शाहीलेनै गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७