थप एक भूपू सैनिकको मृत्यु, बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


५ बैशाख २०७७, शुक्रबार
army

बेलायत, ५ बैशाख । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए ।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताएका छन् । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७