रेलबाट विश्वकप खेल्न गएका दृष्टिविहीन क्रिकेटरलाई फर्किदा प्लेन टिकट


३ माघ २०७४, बुधबार
nepal team

काठमाडौं : खर्च अभावका कारण बस र रेल हुँदै पाँचौँ दृष्टिविहीन विश्वकप क्रिकेट खेल्न पाकिस्तान पुगेको नेपाली टोलीका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले टिकटको व्यवस्था गरिदिएको छ। nepal team

एनसीएसएसले सञ्चालन गरेको ‘जाँदा रेलमा आउँदा प्लेनमा’ नारासहितको अभियानबाट उठेको रकमले नेपाली टोलीका लागि टिकट व्यवस्था गरिदिएको हो ।

खेलाडी र अफिसियल गरी २२ जनाका लागि टिकट काटिएको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी दिए। एनसीएसएसको अनुरोधमा ३० प्रतिशत सहुलियतमा फ्लाई दुबई एअरलाइन्सको टिकट काटिएको हो। त्यसका लागि तीन लाख १९ हजार खर्च भएको अध्यक्ष सिग्देलले जानकारी दिए। नेपाली टोली प्रतियोगिता समाप्त भएपछि जनवरी २१ मा स्वदेश फर्कनेछ।
उनका अनुसार अभियानबाट मंगलबारसम्म ६ लाख ३२ हजार रकम उठेको छ। अभियानबाट उठेको बाँकी रकम खेलाडी र संघलाई हस्तान्तरण गरिने भएको छ।

पाकिस्तान र दुबईमा आयोजना गरेको विश्वकपमा नेपाल एक खेल जित्दै घर फर्कने भएको छ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपालले सोमबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अस्टे«लियालाई पराजित गरेको थियो।

नेपालले आयोजक पाकिस्तान र बंगलादेशसँग पाकिस्तानमा खेलेको थियो भने भारत, श्रीलंका र अस्टे«लियासँग दुबईमा खेलेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७