उदयपुर जिल्लामा मात्रै देखियाे १२ जनामा काेराेना संक्रमण


५ बैशाख २०७७, शुक्रबार
corona virus covid 10 scaled

उदयपुर, ५ बैसाख । कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण उदयपुर जिल्लामा १२ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उदयपुर जिल्लामा १२ जनासहित थप नयाँ १४ जनामा कोरोना संक्रमित देखिएको हो ।

थपिएकाे १२ जना उदयपुरको भुल्केस्थित एक मस्जिदमा  बसिरहेका थिए । त्यहाँ रहेकाे १६ मध्ये १२ जना काेराेना संक्रमण देखिएकाे हाे । बुधबार १६ जनाकै स्वाब परीक्षण गर्नको लागि कोसी अस्पतालमा रहेको प्रयोगशाला पठाइएको थियो। उनीहरुमध्ये  केही भारतीय हुन् । 

  यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् ।उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुमध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

एकै दिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वाशुदेव पाण्डे बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७