रोनाल्डिन्हो गरे सन्यासको घोषणा


३ माघ २०७४, बुधबार
ronaldinno 2

रियो : ब्राजिलका फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन्। ब्राजिललार्इ विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका सन् २०१५ देखि फुटबल प्रतिस्पर्धामा नखेलेका ३७ वर्षीय रोनाल्डिन्होले अहिले आएर मात्रै सन्यास लिएको हो ।  उनका भाइ तथा एजेन्ट रोबर्टो एसिसले मंगलबार रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएको बताएका हुन् ।  ronaldinno 2

अहिले ३७ वर्षका रहेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । ब्राजिलको राष्ट्रिय टिमबाट ९७ खेल खेलेका उनले ३३ गोल गरेका छन्।

रोनाल्डिन्होको सम्मानका लागि शृङ्खलाबद्ध रुपमा इभेन्ट गरेपछि सन्यासको घोषणा आएको हो । रोनाल्डिन्होले ब्राजिलियन क्लब ग्रिमिओबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए ।ronaldinno 1

उनी सन् २००१ मा ग्रिमिओबाट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गए । सन् २००३ मा पिएसजीबाट बार्सिलोना गएका रोनाल्डिन्होले पाँच वर्षकोरोनाल्डिन्होले २००३ देखि ५ वर्ष बार्सिलोनाबाट खेलेका थिए। बसाइमा दुई पटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

सन् २००८ मा इटालियन क्लब एसी मिलान गएका उनी सन् २०११ सम्म त्यहीँबाट फुटबल खेले। उनले सन् २०१०–११ को सिजनमा सिरी ए फुटबलको उपाधि जिते। सन् २०११ मा उनी ब्राजिलियन क्लब फ्लामेन्गो गए । त्यसपछि एथ्लेटिको मिनेइरो, मेक्सिकोको क्वेरितारो तथा फ्लुमिनेन्सेबाट पनि खेले।

सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका उनले सन् २००५ मा वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डी’ओर अवार्ड जितेका थिए। ronaldinno

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७