कोरोना कोषमा एनसीसी बैंकको १ करोड सहयोग


६ बैशाख २०७७, शनिबार
1562483634NCC Bank 16032018015747

काठमाडौं, ६ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरग्त नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र पाँचरपाँच लाख गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो ।


बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरेको छ भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं। २ का मुख्य मन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं। ५ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरेको छ ।


बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने विश्वास बैंकले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७