१५ वर्षकी किशोरीले यसरी मच्चाइन् तहल्का


३ माघ २०७४, बुधबार
marta kostyuk 1

मेलवर्न : बर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियामा अहिले चलिरहेको छ । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता कसले जित्ला भनेर चर्चा बनिरहेपनि अहिले भने अर्कै विषयले त्यहा तहल्का मच्चिरहेको छ । त्यो हो १५ वर्षे किशोरी मार्ता कोस्टयुक ।Marta

युक्रेनकी यी खेलाडीले इतिहास रच्दै तेस्रो चरणमा प्रवेश गरेकी छन् । घरेलु खेलाडी ओलिभिया रोकोवास्कालाई सोझो सेटमा पराजित गर्दै ५२१ औं वरियताकी कोस्टयुक तेस्रो चरणमा प्रवेश गरेकी हुन् । सन् १९९७ पछि सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम टेनिसको तेस्रो चरणमा पुग्ने खेलाडी बनेकी छन् । उनले रोकोवास्कालाई ६(३ र ७(५ को सोझो सेटमा पराजित गरिन् । अब तेस्रो चरणमा उनको भेट आफ्नै देशी इलिना स्भितोलिनासंग हुनेछ । अस्ट्रेलियन ‍ओपनको अन्तिम ३२ मा पुगेकी पछि उनले राम्रो खेल्न कोशिस गरिरेहको बताइन्।

सन् १९९७ मा मिर्जना लुकिक कम युएस ओपनको तेस्रो चरणमा पुगेर उमेरमा अन्तिम ३२ मा पुग्ने रेकर्ड बनाएकी थिइन्। मार्ता अस्ट्रेलियन ओपनको छनोट चरणमा पार गरेर प्रतिस्पर्धामा भाग लिएकी हुन्। गत वर्ष उनले अस्ट्रेलियन गर्ल्स च्याम्पियनसिपको उपाधि जितेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७