आफ्ना दुई नागरिकलाई देश फर्काउन भुटानले पठायो चार्टर जहाज


२०७७ बैशाख ६ शनिबार २२:५९ बजे

काठमाडौं, ७ वैशाख :  भुटान सरकारले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना दुई नागरिकलाई देश फर्काउन चार्टर जहाज काठमाडौं पठाएको छ । भुटान सरकारले राष्ट्रिय ध्वजाबहाक वायुसेवा ड्र्यक एयर मार्फत शनिबार आफ्ना दुई नागरिक फिर्ता लगेको हो ।

बिहान ७ः५३ बजे रित्तै काठमाडौंमा अवतरण गरेको ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई ९ बजे लिएर फर्केको थियो।

निर्देशक दिपेन्द्र लामाका अनुसार भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् ।

अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको लामाले उल्लेख गरेका छन् । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन् ।

उनीसँगै फर्किएका अर्का पाइलट सोनाम काठमाडौंमा रहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलायन्समा आबद्ध भुटानी नागरिक हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७