नेपाल एसबिआई बैंकले कोरोना नियन्त्रण कोषमा एक करोड सहयोग गर्ने


७ बैशाख २०७७, आईतवार
SBI Bank

काठमाडौं,७ बैशाख । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं। दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५र५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।


सो कार्यक्रमअन्तर्गत बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई ५र५ लाख र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ अविलम्ब उपलब्ध गराइने साथै बाँकी रहेको १५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७