‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ सार्वजनिक, ८.२५ प्रतिशत व्याजदर


७ बैशाख २०७७, आईतवार
citizen bank3 1U2F3VdGfy

काठमाडौं, ७ बैशाख । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गरेको छ ।


कोरोनाभाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरिय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको बैंकले यस पालिको वार्षिकोत्सव भर्चुअल रुपमै मनाएको छ । विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोनाभाइरसको जोखिम र लकडाउनका कारण भर्चुृअल रुपमा मनाएको जनाएको छ ।


बैंकको ३३२औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथ प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति पनि सार्वजनिक गरेको छ । यो प्रस्तुति यस बैंकको वेबसाइट तथा फेसबुक पेजमा राखिएको बैंकले जानकारी गराएको छ ।


हरेक त्रैमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई–बुलेटिनको दोस्रो संस्करणको लोर्कापण १३औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले गरे ।

बैंकले आफनो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । ३ महिना देखि १० वर्ष सम्मको अवधि तथा रू १ लाखको यूनतम मौज्दातमा यो खाता खोल्न सकिनेछ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ ।

शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत मुद्दति खाता खोल्ने गा्रहकहरूले मुद्दति खाताबाट आर्जित व्याजमा समेत मुद्दति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । या निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।

भर्चुृअल्ली मनाइएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मानपदक’बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टी।एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।

कोरोनाभाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । यस बैंकको ए।टी।एम कार्ड कुनै पनि बैंकको ए.टी.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गर्नुका साथै ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ५० लाख सहयोग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७