सरकारले प्रदेश प्रमुख दलीय भागबण्डाको आधारमा तोक्यो, को-को बने प्रमुख ?


३ माघ २०७४, बुधबार
pradesh pramukha

काठमाडौं  : सरकारले  सात प्रदेशको अस्थायी मुकामसँगै प्रमुख पनि तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।pradesh pramukha

प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

सरकारले प्रदेश प्रमुख वामगवन्धनको सहमित बिना नै प्रदेश प्रमुखमा दलिय भागबण्डको आधारमा गरेको छन् । कांग्रेस, मधेसवादी र राजपा भागबणडा गरेको गरेका हुन् ।  २ मा राजपा र ५ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिने भएको छ भने ५ जना कांग्रेसका छन् ।

तोकिएका मध्ये प्रदेश नं. १ का गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् । यसैगरी प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्वकृषि सचिव हुन्। महोत्तरीका स्थायी वासिन्दा कायस्थ जलस्रोतविद् हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन्। कायस्थ संघीय समाजवादी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए।

प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला  माइती नेपाल संस्थापक हुन् । उनी मंसिरमा चुनाव हुनु केही दिनअघि मात्र कांग्रेस प्रवेश गरेकी थिइन्। प्रदेश नं ४ मा बाबुराम  बाबुराम कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँद महान्यायाधीवक्ता बनेका थिए।

यस्तै  उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् ।  उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् । ६ नम्बरका प्रदेश प्रमुुख सुर्खेतका दुर्गाकेशर खनाल बुद्दिजीवी हुन्। भने  बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।

७ नम्बरका प्रदेश प्रमुख कैलालीका मोहनराज मल्ल राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मल्ल केही वर्षअघि कांग्रेस प्रवेश गरेका थिए।

यसैबीच  सरकारले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७