लकडाउन २७औँ दिन, सुरक्षाकर्मीद्वारा चेकजाँच थप शसक्त {भिडियो}


७ बैशाख २०७७, आईतवार
luckdown 27 day nepal

काठमाडौं, ७ बैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । लकडाउन घोषणा गरेयता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ ।

लकडाउनको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन । काठमाण्डौका केही क्षेत्रमा पुग्दा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ । केही स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो ।

यस्तै काठमाण्डौ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो । सुरक्षा निकायका अधिकारीहरु सुरक्षा जाँच गर्न, लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए ।

यस्तै अत्यावश्यक सेवाका सवारीसाधन भने सहजै गुडिरहेका थिए । यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरीको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

नेपाल सरकारले वैशाख ३ गतेसम्मको लकडाउनको अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्‍याएको छ । नेपालमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ ।

सङ्क्रमितमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

सुरक्षाकर्मीद्वारा चेकजाँचमा थप शसक्त

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन कार्यान्वयनमा लागि सुरक्षाकर्मीहरुले चेकजाँचलाई थप शसक्त बनाएको छ ।

लकडाउनलाई प्रभाबकारी बनाउन चोक लगाएत भित्री गल्लीहरुमा पनि सुुरक्षाकर्मी तैनाथ गरिएको छ । अत्यावश्यक कामबाहेक एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

लकडाउनमा सञ्चालन भएका सवारीको गति बढी हुँदा सुरक्षाकर्मीलाई चेक गर्न समस्या परिरहेको छ । चेक गर्न समस्या भएपछि प्रहरीले अहिले बाटोमा थप चेक प्वाइन्ट बढाइएको छ ।

उपत्यकाभित्र मात्रै ८ हजार भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन् । सुरक्षाकर्मीहरुले सडकमा गुड्ने सवारी अत्यावश्यक ढुवानीका लागि र सम्बन्धित प्रशासनबाट अनुमति लिएर चलाएको नचालएको अनुगमन गर्ने गरेका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७