म्याग्दीकी लक्ष्मीको नेदरल्याण्ड्समा कोरोनाले लियो ज्यान


८ बैशाख २०७७, सोमबार

काठमाडौं, ८ बैसाख । म्याग्दीकी लक्ष्मी भट्टचनको युरोपेली देश नेरल्याण्डमा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

कोरोना भाइरसबाट नेदरल्याण्डमा नेपालीको मृत्यु भएको यो पहिलो घटना भएका थकाली बेल्जियम समाज तथा गैरआवासीय नेपाली संघ नेरल्याण्ड्सले जनाएको छ ।

‘समाजका महासचिव रोशन शेरचन नेदरल्यासमा कोरोना संक्रमणबाट ४० वर्षीय लक्ष्मी भट्टचनको निधन भएको बताउँछन् । लक्ष्मी एनआरएनए नेदरल्याण्ड्सकी सदस्य थिइन् । पति र सन्तानका साथ उनी त्यहाँ बसोबास गर्दै आएकी थिइन् । उनका पति भरत भट्टचन मोना नेदरल्याण्ड्सका बरिष्ठ उपाध्यक्ष हुन् ।

गैरआवासीय नेपाली संघ, नेदरल्याण्ड्स राष्ट्रिय परिषद अध्यक्ष राम कँडेलका अनुसार उनी केही समययता बिरामी थिइन् । कँडेलले भने, ‘समाजसेवी श्रीमती लक्ष्मीको उपचार क्रममा असामयिक दुःखद निधन भएको हो । उहाँको निधनले नेदरल्याण्ड्सबासी नेपाली समुदाय स्तब्ध छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७