लकडाउन २८औँ दिन {भिडियो}


८ बैशाख २०७७, सोमबार
lockdown 28 din.00 00 50 16.Still001

काठमाडौं, ८ बैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । लकडाउन घोषणा गरेयता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ ।

लकडाउनको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन । भारतमा कोरोना संक्रमित नघटेसम्म नेपालमा पनि लकडाउन नखोल्ने तयारीमा सरकार छ ।

लकडाउन पालना गराउन सुरक्षा निकायका अधिकारीहरु सुरक्षा जाँच गर्न, लकडाउन पालना गराउन सडकका चोकहरुमा बसेका छन् ।

यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरीको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

नेपाल सरकारले वैशाख ३ गतेसम्मको लकडाउनको अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्‍याएको छ । नेपालमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ ।

सङ्क्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७