३३ हजार ५६२ जनामा कोभिड–१९ को परीक्षण, कुन प्रदेशमा कति ? {भिडियोसहित}


८ बैशाख २०७७, सोमबार
bikash devkota 2

काठमाडौं, ८ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को हालसम्म ३३ हजार ५६२ जनाको पीसीआर र आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण भइसकेको छ ।

सोमबारकाे स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआरबाट ८ हजार ४१४ जना र आरडीटीबाट २५ हजार १४८ जनाको परीक्षण भएको देबकोटाले जानकारी दिए ।

डा. देवकोटाका अनुसार प्रदेश १ मा २३४९ जना, प्रदेश २ मा ३२३८ जना, बागमती प्रदेशमा ४६७६ जना, गण्डकी प्रदेशमा ३७५१ जना, प्रदेश ५ मा २३२४ जना, कर्णाली प्रदेशमा ३२३२ जना र सुदूरपश्चिम प्रदेशमा ५५७८ जनाको परीक्षण भइसकेको छ । हाल क्वारेन्टाइनमा ५ हजार ९३६ जना तथा आइसोलेसनमा १११ जना रहेका छन् । रेडजोनमा रहेको संख्या २६३ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमित सवैको उपचार जारी रहेको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जनाएको छ । संक्रमित ३१ मध्ये चार जना निको भइ घर फर्किसकेको र बाँकीको उपचार जारी रहेको जानकारी दिए ।

एकै पटक १३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित फेला परेको उदयपुर जिल्लामा सरकारले परीक्षणलाई तीब्र बनाएको उहाले बताए ।

हाल संक्रमित फेला परेको क्षेत्रका थप १ सय ५२ जनाको स्वाब संलकन गरी पीसीआर प्रविधिबाट परीक्षणबाट भइरहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७