ट्राफिक प्रहरीलाई रेमन्ड सप र प्रभु वैङ्कले दिए १०० पिपिई

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी


८ बैशाख २०७७, सोमबार
Traffic police and ppe scaled

  वैशाख ८, काठमाडौँ । रेमन्ड सप र प्रभु वैङ्कले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ ।

महाशाखामा सोमबार आयोजित एक कार्यक्रम गरी रेमन्ड सपका अध्यक्ष सञ्जय अधिकारीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त पिपिई हस्तान्तरण गरेको हो ।   

सोही अवसरमा धन्यावाद दिनुहुदैँ नेपालमा पनि कोरोना भाइरस (कोभिड-१) संक्रमितहरु फेला परिसकेको अवस्थामा सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही जोखिमको समेत कुनै प्रर्वाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेको जानकारी प्रमुख ढकालले दिए ।

उनले उक्त पिपिई लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी संक्रमण हुनबाट सुरक्षित हुने र आम नागरिकहरुकोपनि पूर्ण रूपमा सुरक्षा हुने बताए ।

कार्यक्रममा रेमन्स सप का अध्यक्ष सञ्जय अधिकारीले विपदको समयमा आम नागरिकको सहयोगको लागि सदैव क्रियाशील रहेको बताए । आगामी दिनमा पनिट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रहरी उपरिक्षकहरु, प्रहरी नायव उपरीक्षक, प्रहरी अधिकृतहरु तथा रेमन्स सप र प्रभु वैङ्कका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार दैनिक सडकमा खट्टिनुपर्ने ट्राफिक प्रहरीहरूलाई कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सजगताका उपायहरू अपनाएको छ ।

यस्तै महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरूमा कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रबेश गेटमा पिपिई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था, डिसईन्फेकसनका लागि स्प्रे मेसिन, नियमित रूपमा हात धुने व्यवस्था, स्वास्थ्यकर्मीसहित प्रनाउको कमान्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड,ड्युटीमा कम्तिमा २ मि. दुरीमा नागरिक सँग दुरी कायम गर्ने व्यवस्थापनि मिलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७