प्रदेश-१ मा तीन हजार २६८ को परीक्षण, ८२५ जना क्वारेन्टाइनमा


९ बैशाख २०७७, मंगलवार
rdt

विराटनगर, ९ बैसाख । प्रदेश–१ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ ।

प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडिटी) र थ्रोट स्वाब (पिसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पिसीआर) बाट ६५९ जना रहेका छन् ।

विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट नमूना परीक्षण गरिन्छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा बसेकाको आरडिटी विधिबाट स्थलगतरूपमा परीक्षण गरिरहेको मुख्यमन्त्रीको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या सोमबारसम्म ८२५ पुगेको छ भने १० घर फकिएका छन् । यस्तै आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा आठ महिलासहित ३५ बसिरहेका छन् । होम क्वारेन्टाइनमा चार हजार ३४३ जना बसिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७