उपत्यकामा विचल्ली परेका सर्वसाधारणलाई सरकारले रोक्न सकेन, राती घर जानेको भीड {भिडियो}


९ बैशाख २०७७, मंगलवार
lockdown nepal 29 din 10.00 00 00 00.Still004

काठमाडौँ, ९ बैशाख । लकडाउन अवधि लम्बिएपछि काठमाडौं उपत्यकामा विचल्लीमा परेका सर्वसाधारणलाई रोक्न नसकेपछि गृह मन्त्रालयले अघोषित रुपमा गाडी जान दिन थालेको छ ।  

गाडी बन्द गर्दा पनि सर्वसाधारण हिँडेर घर फर्किने क्रम नरोकिएपछि गृहले त्यस्ता गाडीलाई पासबिनै राति चल्न दिन थालेको हो । पछिल्ला केही दिनमा हजारौ सर्वसाधारण बस चढेर घर फर्किएका छन् । केन्द्रीय सरकारले आधिकारीक रुपमा निर्णय नगरेपछि स्थानीय तह तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रका नागरिक फर्काउन समन्वय गर्न थालेका छन् ।

त्यसरी स्थानीय तह र जनप्रतिनिधिले घर फर्किएपछि क्वारेन्टिनमा राख्ने गरी लैजाने सर्वसाधारणलाई नरोक्न भनिएको बुझिएको छ । रातको समयमा राजधानीका प्रमुख नाकामा भीड लागेको छ । केही दिन सरकारले नाकामा बाक्लो रुपमा प्रहरी परिचालन गरेर रोक्न खोजेपनि अन्य बाटोको प्रयोग गरेर प्रहरी छल्दै जान थालेपछि सरकारको चर्को आलोचना भएको थियो ।

आलोचनाबीच उच्चस्तरीय समितिले घर फर्किन दिने निर्णय गरेपनि घर जानेको संख्या धेरै हुने थाहा पाएपछि केही घण्टामै निर्णयबाट पछि हटेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन कडाइका साथ लागु गर्ने र त्यसमा कुनै लचकता नअपनाइने बताउँदै आएका छन् ।

 यस्तै जिल्लाका स्थानीय तह तथा सांसदहरुले पनि आफ्नो क्षेत्रका नागरिक राजधानीबाट फर्काउन थालेका छन् ।

सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । भने वैशाख १५ गतेसम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ४० पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७