फोहोरको थुप्रोमा सात दिनको शिशु !


४ माघ २०७४, बिहीबार
baby 4

काठमाण्डौं : काठमाण्डौंको चावहिल नजिकैको स्तुपा छेउको फोहोरका थुप्रोबाट प्रहरीले सात दिनको शिशुको उद्धार गरेको छ ।

baby 4

जीवित अवस्थामा उद्धार गरिएको उक्त शिशुलाई उपचारका लागि अस्पताल लगिएको छ । बिहीबार बिहानै झोलाभित्र रोइरहेकी अन्दाजी ७ दिनकी शिशुलाई प्रहरी वृत गौशालाको टोलीले उद्धार गरेको हो ।

बिहान करीव सवा ४ बजे गस्तीमा रहेको टोलीले फोहोरको थुप्रोमा बच्चा रोएको सुनेपछि गएर हेर्दा नवजात शिशु फेला पारेको थियो ।

शिशुलाई उद्धार गरी उपचारका लागि काठमाण्डौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पठाइएको प्रहरीले जनाएको छ । शिशु फाल्ने निर्दयी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७