अध्यादेश विरुद्ध प्रतिपक्षी दलहरु एकै ठाउँमा {भिडियाे}

जनविरोधी भन्दै यसविरुद्ध लाग्न गरे अपिल


१० बैशाख २०७७, बुधबार
Opposition party nepal
sf7df8f}F, !) j}zfv M g]kfnL sfFu|]; kf6L{n] a’waf/ cfof]lht kf6L{ s]lGb|o sfof{no ;fg]kfdf ljkIfL bnsf] a}7sdf ;xefuL g]tfx? . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडाैँ, १० बैशाख । नेपाली कांग्रेससहित विपक्षी चार दलले सरकारले गलत नियतका साथ राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेका छन् ।  बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको समाजवादी, राजपा र राप्रपाको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग पनि गरेकाे हाे ।

दुवै अध्यादेश जे नियत र जस्तो समयमा आएको छ, त्यो गलत छ भन्ने सबै नेताहरुको जोड रहेको र यसको नियतमा प्रश्न गर्नुपर्ने र सबै गोलबन्द भएर फिर्ता लिन सरकारसंग माग गर्ने निर्णय भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशले प्रधानमन्त्री केपी ओली निरंकुश बाटोमा अघि बढ्ने खोजेको पौडेलले बताए ।

त्यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारले गतिबिधि हेर्दा सुनियोजित ढंगले अध्यादेश ल्याएको देखिएको र सरकार सर्वसत्तावादतर्फ उत्मुख भएको ठहर गरेको बताए ।

समाजवादी पार्टीका अध्यष उपेन्द्र यादवले अध्यादेशले लोकतान्त्रीक प्रणालीमाथि नै प्रहार गर्ने काम गरेको बताए ।

 

बैठकले यस्ता जनविरोधी कदमविरुद्ध अर्को बैठक चाँडै नै बोलाउने र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ । कोरोना भाईरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै विपक्षीहरुले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ । 

कोरोना सङ्क्रमणको कारण देश लकडाउनका अवस्थामा रहेका बेला जारी गरिएका ती अध्यादेशले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गरेको बैठकले आरोप लगाएको छ । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले संयुक्त विज्ञप्ति जारी गरी दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गरे ।  

बैठकले राजनीतिक दल, नागरिक समाज र आमनेपालीमा सरकारको उक्त कदमप्रति थप चनाखो भई सचेत र जागरुक हुन अपिल गर्दै सङ्घीय संसद् बाहिर रहेका राजनीतिक दल र नागरिक समाजसँग पनि थप अन्तक्र्रिया र छलफल गर्ने निर्णय गरेको छ । ‘हाल लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको यस कार्यविरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने यो बैठक निर्णय गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा काँग्रेसकाबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र भण्डारी, समाजवादी पार्टीका तर्फबाट यादव तथा नेता डा बाबुराम भट्टराई,  अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबा राणा उपस्थित थिए ।
 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७